गजल : तिर्थराज खड्का

गजल :  तिर्थराज खड्का

कपन अनलाइन

काठमाण्डौ, बैशाख २०।

तिमी आफै जित्यौ कि म हारेर थाहा छैन
खेल सकिने छ कसलाई मारेर थाहा छैन ।

कठघारामा निर्दोष पीडितको झुटो मन्जुरी
न्याय बिक्यो कति पैसा झारेर थाहा छैन ।

ऊ जिन्दगीको वास्तविक जाँचमा फेल भयो
आफैले सकेन कि कसैको सारेर थाहा छैन ।

आमा तिमी पर्खिबस्नु है जितेरै आउँला म
हा¥यो ऊ मृत्यु टारिन्छ टारेर ? थाहा छैन ।

गल्ति उसैको थियो आखिर ढोगि न गो
सधँै नका¥यौ कि म¥यो स्वीकारेर थाहा छैन ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।