ज्येष्ठ नागरिक : हरिकृष्ण सिलवाल (कविता )
कपन अनलाइन
काठमाण्डौ, बैशाख १३।
हाम्रो समाजका जिउँदा इतिहासका
ज्ञाता ज्येष्ठ नागरिक हुन्
उनीहरूले प्राप्त गरेका ज्ञान, अनुभव
खारिएका विचार अनुभूति
जीवनोपयोगी हुन्छन्
उनीहरूका शिक्षाबाट हामी अझ
शिक्षित र सभ्य बन्न सक्छौँ
उनीहरूबाट राज्य र समाजले
धेरै फाइदा लिन सक्छ
ज्येष्ठ नागरिक परिवार र
समाजका बोझ होइनन्
जीवनमा सुख दुःखका
अनुभवका भण्डार हुन्
उनीहरूलाई हेलाँ, तिरस्कार हैन
माया, ममता, सहयोग गरी
उनीहरूको ज्ञान, शिक्षा अनुभवबाट
धेरैभन्दा धेरै फाइदा समाज र परिवारले लिन सक्दछ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।