सुबिसु एजुकेशन : सुनिल थापा (कविता )

सुबिसु एजुकेशन : सुनिल थापा (कविता )

कपन अनलाइन

काठमाण्डौ, बैशाख १३।

सिकाइको घर, उज्यालो केन्द्र,
सुबिसु छ जहाँ ज्ञान छ बन्दै ।
छात्र–छात्रा आउँछन् यहाँ,
भविष्य बनाउने गर्छन् प्रयास ।

शिक्षकहरू ज्ञानको खानी,
सधैं तयार, राम्रो है बानी
पढाइ मात्र होइन यहाँ,
सपना पुरा गर्ने चाहना छ यहाँ ।

कम्प्युटर, इन्टरनेट, आधुनिक शैली,
सिकाइ बनाउँछ झन् रमाइली ।
प्राविधिक ज्ञान र संस्कार साथ,
सुबिसु दिन्छ भविष्यको बात ।

अनुशासन, मेहनत, इमान्दारी,
यी नै हुन् यहाँको साँचो चिनारी ।
सिक्दै बढ्दै अगाडि बढ्छन्,
सुबिसुका विद्यार्थी जहाँ पनि पुग्छन् ।

धन्यवाद छ यो शिक्षालयलाई,
जुन दिनरात लागिरहन्छ हाम्रा लागि ।
सुबिसु हो आशाको उज्यालो
एक गतिलो घाम झैँ बल्दो ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।