अन्तर्राष्ट्रिय डजबल च्याम्पियनशिपमा सहभागी हुने टिमलाई बुढानीलकण्ठ नगरपालिकाको विदाई
कपन अनलाइन
काठमाण्डौ, बैशाख १० ।
हात्तीगौंडामा सम्पन्न उक्त विदाई तथा शुभकामना कार्यक्रममा प्रमुख अतिथिको रूपमा नगर प्रमुख मिठाराम अधिकारी सहभागी थिए भने विशेष अतिथि राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य नन्दा बस्याल रहनु भएको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला , नगर प्रवक्ता तथा वडा नं. १० का वडाध्यक्ष नवराज भट्टराई, वडा नं. ११ का वडाध्यक्ष राजु अधिकारी, वडा नं. १२ का वडाध्यक्ष शम्भु प्रसाद भट्टराई, वडा नं. ९ की वडाध्यक्ष सुमित्रा त्रीपाठी पाण्डे, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला, वडा नं. ८ का वडाध्यक्ष तथा खेलकुद संयोजक सुमन तामाङ, नेपाल खेलकुद महासंघका सदस्य दीपक तामाङ लगायत खेलाडीहरूको अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
नेपाली टोलीमा कप्तान प्रकाश सिंह ऐर, उपकप्तान अरिज प्रजापति, सदस्यहरू सन्तोषनाथ योगी, ओम प्रकाश शाह, रमन रसाइली, मनरञ्जन ठाकुर, परिश श्रेष्ठ, रोजेन श्रेष्ठ, श्याम बहादुर श्रेष्ठ, राम चन्द्र गौतम र कुशल बिष्ट रहेका छन्। अफिसियलहरूमा अन्तरिक्ष अधिकारी, अरुण तिमल्सिना, कौशल ज्ञवाली र केशब राज गौतम छन्।
कार्यक्रममा खेलाडीका अभिभावकहरूको उपस्थिति टोलीको मनोबल उच्च बनाउन महत्वपूर्ण रह्यो। आगामी अप्रिल २४ र २५ मा डजबल रेफ्री तथा कोच सेमिनार आयोजना गरिनेछ भने अप्रिल २६ र २७ मा त्रि-राष्ट्रिय च्याम्पियनशिप सम्पन्न हुनेछ, जसमा नेपाल, भारत र मलेशियाले सहभागिता जनाउने छन्।
उक्त प्रतियोगिताका लागि बुढानीलकण्ठ नगरपालिका, एम्पायर ट्राभल्स एण्ड टुर, इलाइट न्यूज, सीगल इन्टरनेशनल, इलाइट फुटसल, रेन्ज एसिकेशनाल नेटवर्क, YAU E.N.T, DRL प्रिन्टिङ हब, सिन्धु स्पोर्ट्स र डिजिटल ल्याबले महत्वपूर्ण प्रायोजन तथा सहयोग गरेका छन्।