बुढानिलकण्ठ-८ सुन्दरबस्तीमा निशुल्क स्वास्थ्य सिविर हुने
कपन अनलाइन
काठमाण्डौ, बैशाख १० ।
बुढानिलकण्ठ नगरपालिका वडा नं ८ सुन्दरबस्तीमा बैशाख १३ गते सनिवार निशुल्क स्वास्थ्य सिविर हुने भएको छ।
वडा नं ८ सुन्दरबस्तीमा रहेको नेक्स्ट मार्टमा बिहान ८ बजेदेखि १ बजे सम्म संचालन हुने सो सिविरमा ६० वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुको स्वास्थ्य जाँच हुने आयोजकले जानकारी दिएको छ।
सो सिविरमा रक्तचाप, मधुमेह सहित विभिन्न मनोपरमर्श समेत प्रदान गरिनेछ ।
तपाइँको प्रतिक्रिया ।