पोखरा कप राष्ट्रिय ह्यान्डबल : लिगचरण सकियो, भोलि सेमीफाइनलसंगै उपाधि भिडन्त

पोखरा कप राष्ट्रिय ह्यान्डबल : लिगचरण सकियो, भोलि सेमीफाइनलसंगै उपाधि भिडन्त

कपन अनलाइन

काठमाण्डौ ,चैत ५।

प्रथम पोखरा कप राष्ट्रिय पुरूष ह्याण्डबल प्रतियोगितामा लिग चरणका खेलहरु सकिएका छन् ।
सेमीफाइनल समिकरणमा घरेलु टोली गण्डकीले शसस्त्र प्रहरीको एपिएफ क्लब संग भेट पक्का गर्दा दोस्रो सेमीफाइनलमा नेपाल आर्मीको त्रिभुबल क्लब र कोशी प्रदेश आमने सामने हुनेछन् । प्रतियोगिता अन्तर्गत तेस्रो स्थान र उपाधि भिडन्त समेत भोली (मंगलबार) हुने संघका अध्यक्ष केशव पाठकले जानकारी दिए ।
सोमबार भएको समुह ‘बी’ तर्फको भएको विभागिय डर्वीमा त्रिभुवन आर्मीले जित हासिल गरेको छ । आर्मीले अर्को विभागिय टोली एपिएफलाई १९–१४ को अन्तरले पाखा लगायो । आर्मीको जितमा आकाश अधिकारीले सर्वाधिक ५ गोल गरे ।
समुह ‘ए’ तर्फ कोशी र कर्णाली प्रदेशले एक–एक अंक बाडेका छन् । खेल २०–२० गोलको बराबरीमा रोकिएपछि अंक बाडेका हुन् ।
समूह ‘बि’ तर्फ आर्मीले लुम्बीनिलाई ३७–२१ ले हराउँदै कुल ६ अंकका साथ शिर्षस्थानमा रहँदै सेमीफाइनलमा प्रवेश गरेको छ । आर्मीका सुरेश महतोले सर्वाधिक ९ गोल गरे ।
सो समूहबाट एपिएफ उपविजेता बन्दै सेमीफाइनलमा प्रवेश गरेको छ । एपिएफले आइतबार लुम्बिीन प्रदेशलाई हराएको थियो । एपिएफको ३ अंक रहँदा लुम्बनी अंकविहिन हुँदै बाहिरियो ।
समूह ‘ए’ तर्फकै अर्को खेलमा कर्णालीले सुदुरपश्चिमलाई ३७–२७ गोलले हरायो । कर्णालीको जितमा महेश थापाले ११ गोल गरे । समूह ‘ए’ बाट गण्डकी शीर्षस्थानमा रहँदै सेमीफाइनलमा प्रवेश गरेको छ ।
लिग चरणको अन्तिम खेलमा गण्डकीले कोशीलाई ३७–२५ ले हराएपनि कोशीले सेमीफाइनलमा स्थान बनाएको छ । तीन खेल खेलेको गण्डकी विजेता बन्दै कुल ९ अंक रह्यो । सोही समुहबाट कोशी र कर्णालीको समान चार÷चार अंक रहेपनि गोलअन्तरको आधारमा कोशी अन्तिम चारमा प्रवेश गरेको हो । कोशीले कर्णाली भन्दा ३ गोल कम खाएको थियो ।

तपाइँको प्रतिक्रिया ।
Close