यो होली : सुदर्शन रोका क्षेत्री (कविता )
कपन अनलाइन
काठमाण्डौ ,चैत २।
होलिकाको देहान्तपछि मनाउन थालियो यो होली
रङको फोहोरा र बाल्टीभरि पानी फालेर खेलिन्छ यो होली ।
यो पर्व आएपछि लाग्छ वसन्त ऋतु आयो
कोइलीको सुमधुर आवाज सुनेर प्रकृति रमाउने समय हो यो होली ।
मानिसहरूको खुसी र उमङ्ग बेग्लै हुन्छ जहाँ
त्यहाँ मानिसबिचमा एकता कायम गराउँछ यो होली ।
हामी सबैको दुःख र पीडा हटाउने सामथ्र्य राख्छ
दुई हातमा रङ लिएर एकआपसमा वेदना घटाउन आउँछ यो होली ।
एकता नै विविधताको प्रतीक हो
सबै जुटेर संसारमा एकता देखाउन मनाउनुपर्छ यो होली ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।