गजल : आकाश अधिकारी

गजल :  आकाश अधिकारी

कपन अनलाइन

काठमाण्डौ ,चैत २।

आफ्नो सामानको सुरक्षा आफै गर्नु होला !
खहरे खोला उर्लेको छ होश गरी तर्नु होला !

हजारौं चुनौती आउछ र जान्छ जिन्दगीमा !
चुनौतीलाई छिचोल्दै आफ्नै पेट भर्नु होला !

बर्ण भेद छ दुनियाँमा सहनु पर्ने बाध्यता छ !
कतै विकल्प भेटिएमा त्येतै बसाइँ सर्नु होला !

यो समय बदनाम छ मानवताको लिलामिले !
होशियारी अपनाउनु भो नजीरमा पर्नु होला !

लोभ्याउने त्यो नजरले म त त्येसै कायल हुन्छु !
अव्यक्त त्यो प्यार नबुझेर लाजले नै मर्नु होला !

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।