फागु पर्व : सुशील आचार्य (कविता )
कपन अनलाइन
काठमाण्डौ ,चैत २।
आहा कति रमाईलो फागु आएपछि
रंगीचंगी रंग दल्ने साथीभाइ बसी ।
पानी पनि छ्यापाछाप गर्छन् कोहिकोहि
हाँसीखुशी रंग दल्छन् कोहि नि नरोई ।
गाँउ टोल शहर तिर अति रमाईलो
फागु पुर्णिमा मनाउँन नगरेर ढिलो ।
फागु खेल्छन् सबैजना भएर क्या दंंग
लगाउँछन् शरीर जिउमा धेरै थरि रंंग ।
के बालक के वालिका युवा बृद्धबृद्धा
“मनाउँन यो फागुलाई रमाईलो सित ।”
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।