मन्जरी सेकेण्डरी स्कुल ,बुढानिलकण्ठ -७ को २७ औ अभिभावक दिवस चैत २ र ३ गते हुने
कपन अनलाइन
काठमाण्डौ ,चैत १ ।
बुढानिलकण्ठ नगरपालिका वडा नं ७ मा रहेको मन्जरी सेकेण्डरी स्कुलको २७ औ अभिभावक दिवस चैत २ र ३ गते हुने भएको छ।
विगत लामो समयदेखि शिक्षा क्षेत्रमा योगदान पुर्याउदै आएको सो विद्यालयको अभिभावक दिवसमा पहिलो दिन नगर प्रमुख मिठाराम अधिकारी प्रमुख अतिथि रहने प्रधानाध्यापक टिका गौतमले जानकारी दिएका छन।
वडा नं ७ मा रहेको ताज पार्टी प्यालेसमा १०.३० बजे शुरु हुने सो कार्यक्रममा चैत २ गते नर्सरी देखि ५ सम्म र चैत ३ गते कक्षा ६ देखि १० सम्मको अभिभावक दिवस तथा पुरस्कार वितरण हुने विद्यालयले जानकारी दिएको छ।
तपाइँको प्रतिक्रिया ।