हिमालयन ब्रोकरेज कम्पनी र आईटिसि व्युटि पार्लर ट्रेनिङ सेन्टर बिच सम्झौता
कपन अनलाइन
काठमाण्डौ ,चैत १ ।
हिमालयन ब्रोकरेज कम्पनी लिमिटेड र आईटिसि व्युटि पार्लर ट्रेनिङ सेन्टर/ब्लोशम व्युटि क्लिनिक बिच एक कार्यक्रमका विच ब्रोकर सम्बन्धि कार्यलाई गाउँगाउँ सम्म विस्तार गर्ने लक्ष्य सहित छुट सम्बन्धि सम्झौता पत्रमा ब्रोकरका तर्फबाट सहायक महाप्रवन्धक रामचन्द्र रिमाल र व्युटि सेन्टरका तर्फबाट संस्थापक शोभा अर्यालले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
सम्झौता अनुसार आईटिसि व्युटि पार्लर ट्रेनिङ सेन्टर (ब्लोशम व्युटि क्लिनिक) बाट सेवा लिदैँ आउनुभएका ग्राहकहरुलाई हिमालयन ब्रोकरेज कम्पनी लिमिटेडमा डिम्याट खाता खोल्दा ५० प्रतिशत सम्म छुट दिईने सहायक महाप्रवन्धक रामचन्द्र रिमालज्यूले जानकारी दिनुभयो साथै हिमालयन ब्रोकरेज कम्पनी लिमिटेडमा डिम्याट खाता खोल्नु भएका ग्राहकहरुलाई व्युटि सम्बन्धी कोर्ष तथा पार्लरसँग सम्बन्धित सेवाहरुमा ३० प्रतिशत सम्म छुट सहित सेवा दिईने संस्थापक शोभा अर्यालले जानकारी दिए ।
हिमालयन ब्रोकरेज कम्पनीले शेयर सँग सम्बन्धित सेवाको पँहुज विस्तार गरि गाउँगाउँमा सेवा दिने उद्देश्य अनुरुप डिम्याट खाता खोली विभिन्न कम्पनीहरुले जारी गरेको आइपिओमा सिमित लगानी गरि प्रतिफल लिन सहज हुने भएकोले सो सम्बन्धि कार्यक्रम संचालन गरि सेवा विस्तार गर्ने लक्ष्य अनुरुप र दुई संस्थाबिच सम्झौता पत्रमा हस्ताक्षर गरिएको जानकारी दिएका थिए ।