बुढानिलकण्ठ नगरपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

बुढानिलकण्ठ नगरपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,फागुन २२।

बुढानिलकण्ठ नगरपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको कपन ह्यान्डबल मैदानमा भएको सो सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाका विभिन्न वडाका स्थानीयहरुको उपस्थिति रहेको थियो।

 

नगर प्रमुख मिठाराम अधिकारी ,उपप्रमुख अनिता लामा र प्रमुख प्रशासकीय अधिकृत तुलसीराम अर्यालको उपस्थितिमा भएको सो सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयहरुले विभिन्न जिज्ञाशाहरु राखेका थिए।

नगर प्रवक्ता नवराज भट्टराईले संचालन गरेको सो सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अर्यालले नगरमा हालसम्म भएका गतिविधि र कामहरुका बारेमा प्रकाश पारेका थिए भने प्रमुख अधिकारीले प्रश्नहरुको जवाफ दिएका थिए।

तपाइँको प्रतिक्रिया ।