सुकेधारा धोबीखोला करिडोर नजिक एक पुरूषको शव भेटियो
कपन अनलाइन
काठमाण्डौ ,फागुन १५।
काठमाडौं महानगरपालिका वडा नम्बर ४ मा सुकेधारा धोबीखोला करिडोर नजिक एक पुरूषको शव भेटिएको छ ।
उक्त शव ओखलढुङ्गा घर भई काठमाडौं महानगरपालिका-७ बस्ने ५० वर्षीय अड्विर राई भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिएका छन ।
फोहोरको थुप्रोले पुरेको अवस्थामा बुधबार साँझ सवा ८ बजे शव फेला परेको भन्ने प्रहरीलाई खबर आए संगै तत्काल डिएसपीको कमान्डमा खटिएको टोलीले म्याट्रेस, सिरानी, झोला, फोहोर कपडालगायत थुपारिरहेको ठाउँमा उनको शव भेटेको एसपी बोहोराले बताए।
‘मृतकले लगाएको कपडा खोली हेर्दा टाउको, निधार र नाकमा धारिलो हतियारले चोट लागेको देखिएको छ,’ एसपी बोहोराले भने।
तपाइँको प्रतिक्रिया ।