LEADS को आयोजनामा जनप्रतिनिधि संग बालबालिका कार्यक्रम सम्पन्न

LEADS को आयोजनामा जनप्रतिनिधि संग बालबालिका कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,फागुन १५।

Leaders For Education And Development Society ( LEADS)  को आयोजनामा जनप्रतिनिधि संग बालबालिका कार्यक्रम सम्पन्न भएको छ।

बुढानिलकण्ठ नगरपालिकाको सभाहलमा भएको सो कार्यक्रममा १७ सदस्य विद्यालका २०० भन्दा बढी विद्यार्थीहरुको सहभागितामा भएको सो कार्यक्रममा जनप्रतिनिधि र बालबालिकहरु विच अन्तरक्रिया गरिएको थियो।

सो कार्यक्रममा विद्यार्थीहरुले राखेको प्रश्नमा नगर उपप्रमुख अनिता लामा र शिक्षा ,खेलकुद तथा युवा महाशाखाका प्रमुख ललित विक्रम सिंहले दिएको LEADS का अध्यक्ष विष्णुचन्द्र अधिकारीले जानकारी दिएका छन।

LEADS का सल्लाहकारहरु जे एस पौडेल, जेबी हमाल ,खेमराज घिमिरे लगायतको उपस्थिति रहेको उक्त कार्यक्रमको संचालन कार्यक्रम संयोजक नवराज भट्टले गरेका थिए।

तपाइँको प्रतिक्रिया ।
Close