बेस्ट ग्रुपलाई अर्किड कप
कपन अनलाइन
काठमाण्डौ ,फागुन ११।
बेस्ट ग्रुप भिजनले नवौं अर्किड कप सेभेन ए साइड अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।
काँडाघारीस्थित आयोजक अर्किड प्युपल सेकेन्डरी स्कुलमा भएको फाइनलमा बेस्ट ग्रुपले हिलारीलाई टाइब्रकेरमा ३–१ गेलले पराजित ग¥यो। निर्धारित ५० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । हाइली क्रिएटिभले ग्रिनविच एकेडेमीलाई २–१ गोलले हराउदै तेश्रो भयो । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३५ हजार, २५ हजार र १५ हजार नगद पुरस्कार हात पारे । चौथो स्थानको ग्रिनविचले १० हजार नगद पुरस्कार पायो ।
प्रतियोगितामा बेस्ट ग्रुपका अभिषेक खड्गी उत्कृष्ट खेलाडी तथा हाइली क्रिएटिभका सिद्धार्थ सुवेदी उदीयमान खेलाडी घोषित भए । बेस्ट ग्रुपका सुशान्त गुरुङ उत्कृष्ट गोलरक्षक चुनिए । प्रतियोगिताभर १० गोल गरेका हिलारीका प्रितम यादव सर्वाधिक गोलकर्ता बने ।
विजेतालाई कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की, एनप्याब्सनका पूर्व केन्द्रीय उपाध्यक्ष कैलाश कार्की, अर्किडका सञ्चालक प्रेमकुमार भुजेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । फागुन २ गतेदेखि सुरु भएको नकआउट प्रतियोगितामा ४० टिमले प्रतिस्पर्धा गरेका थिए ।