ललितपूरको काठ क्षेत्रका महिलाको नेतृत्व र सीप विकास कार्यक्रम
कपन अनलाइन
काठमाण्डौ ,फागुन ११।
ललितपूरको काठ क्षेत्रका महिलाको नेतृत्व र सीप विकास कार्यक्रममा सहकारीले अगुवाई लिन थालेको छ । केही सहकारीका कारण सहकारी क्षेत्रकै बदनाम भएको बेलामा सहकारीले महिलाको नेतृत्व र सीप विकास कार्यक्रमसुरु गरेको ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ९ मा रहेको ब्रम्हपुरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामशरण घिमिरेले बताए ।
सहकारी अभियान्ता समेत रहेका घिमिरेले यस्ता कार्यक्रम अन्य सहकारी मार्फत पनि गरेर काठ क्षेत्रका महिलाहरुको नेतृत्व विकास गर्नुपर्ने बताए ।
उक्त कार्यक्रम सञ्चालन सीप विकास एवं नेतृत्व विकास कार्यक्रममा ललितपूरको लामाटार क्षेत्रका ४० भन्दा बढि महिलाको सहभागिता रहेको थियो । महिलाहरुको क्षमता र नेतृत्व बिकासको कार्यक्रमहरु सहकारीले नियमितरुपमा गर्दै जाने सहकारीकर्मी राजेन्द्र घिमिरेले जानकारी दिएका छन ।
कार्यक्रममा सहभागिहरुलाई सीआईएनका प्रमुख दीपक आचार्यले प्रशिक्षण दिनुका साथै प्रमाणपत्र प्रदान गरेका थिए । आचार्यले केही सहकारीले गरेको गलत कामका कारण सहकारी क्षेत्र पुरै बद्नाम भएकाले समुदायको आवस्यकता अनुसार यस्ता क्षमता विकासका कार्यक्रम गर्नुपर्ने बताए । सहभागि महिलाहरुले यस्ता क्षमता विकास कार्यक्रमले आफूहरुलाई सामाजिक तथा राजनीतिक कार्यमा अगुवाई लिन सघाउने बताए ।