दुई मुक्तक : गंगा लिगल

दुई मुक्तक :  गंगा लिगल

कपन अनलाइन

काठमाण्डौ ,फागुन १०।

गृष्म ऋतुमा घाम चर्किरहेछ
मान्छेको समय त घर्किरहेछ
अब आलश्यमा त नडुबौ हामी
बर्षाको पानी टेण्टबाट तर्किरहेछ ।

सृजनाका फुल लहलहाई रहेछन्
यिनले उन्नति मार्ग पहल्याईरहेछन्
प्रेरणा सबैको चाहिन्छ जागृती ल्याउन
यही प्रतिक्षामै चलमलाई रहेछन् ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।