केवल तिमिलाई नै : प्रशुराम अधिकारी (प्रेम–पत्र)
कपन अनलाइन
काठमाण्डौ ,फागुन ८।
प्रिय आभिर
प्रेमपूर्ण सम्झना
खै कहाँबाट पल्टाउ मेरो यो अतितकापानाहरु प्रेमको छाल रुपी शब्दजालहरु भित्र?जहाँहजारौ गुणा मायाकाआँधिहरु मडारीरहेको छ केवल तिम्रै लागि । त्यसैले त आज विवश छु, तिमीलाई प्रेमरुपी शब्द जालहरु बिच्छ्याउनतिमीले साथमलाइ देउ या नदेउ मेरो साथ सधँैभरी दिनेछु केवलतिमीलाई।
राजा यो प्रेम–पत्र अति संवेदनशील प्रेम–पत्र, जहाँ निस्वार्थ प्रेमको रङ्गीनदुनियाँ बाहेक एकपलपनि पर नरहेर, सदा सर्वदा मात्रतिम्रो हृदयको समीपमा रहेर कोर्दैछु, भावनात्मक पीडाहरूलाइ पोख्दैछु । मनका व्याथाहरूलाई तिमी सामु पु¥याउने कोसीश गर्दैछु !
बितेको तिदिनहरुलाई सम्झदाआज कस्तोे नराम्रो लाग्छ, जुनदिन गलत नम्बर डायल गर्दा फोन सम्पर्कमार्फत परिचय भएको थियो तिमीसँग। पहिलो पटकमै तिम्रो बोलीमा म निकै लठ्ठ परेकीथिएँ । किन–किन तिमी मेरो नजिकको हो भन्ने आभाषभएको थियो ।पहिलो संवादभएको भोलिपल्ट मलाई तिमीले नै फोन गरेर मेरो परिचय लिएको थियौ । मैले चाहिँ तिम्रो बारे केही सोधिनँ । किनकी हामी अपरिचित मान्छे थियौँ । हाम्रो फोनमार्फत रमाइलो संवाद हुने गथ्र्यो । तिम्रो साथमा बसेर सधैँ तिम्रो बोलि सुनिरहुँ जस्तो लाग्थ्यो । तिम्रा हरेक आकर्षणले तिमीप्रति म नजिकिदै गएँ । तिमीले मलाई मनपराउने कुरा थाहापाए । मलाई खुशीलाग्यो। अनीमैले पनितिम्रो मायालाई सहजै स्वीकार गरे । बिना भेटघाट पनि हाम्रो प्रेम सम्बन्ध गहिरिँदैै गयो अनी म तिमीलाई आफुलाई भन्दापनिकयाँै बढीमाया गर्न थालेछु । एक वर्षपछी भेट्दा त म तिमीप्रति पूर्ण सर्मपित भईसकेको रहेछु । मेरो सपनाको राजकुमार, मलाई विश्वास छ कि मेरो पवित्र चोखो प्रेमले तिम्रो विशाल हृदयलाई भरिदिनकाफी छ । मलाई वचन देउ र आफ्नो पत्रमावा फेसबुक र भाईबरमा भएपनि प्रेमका मीठा–मीठा सपनाहरु केरेर पठाउ । हो, जबदेखि हाम्रो कुरा हुन थाल्यो, त्यसपछिका हरेक पलहरु हाम्रो लागित्यतिनै महत्वपुर्ण छ। मैलेदुवैको एउटै गन्तव्य सम्झेको छु।
प्रियआभिर,
साँच्ची यो संसारमा तिमीजस्तो प्रिय अरु कोहीपनि छैन भन्ने लाग्थ्यो मलाई । तिमीलाई भेटेर साह्रै खुसी लागेको थियो । भेटमा भएका ती मिठा कुराकानी यति प्रिय थियो कि लाग्थ्यो जिन्दगी तिमीसँगै बिताउन पाए हुन्थ्यो ।
मलाई राम्रोसँग याद छत्यसदिन फोनमा त निकै बोल्ने मान्छे तर तिमीत्यती बोलेनौ । सायदहाम्रो त्यो पहिलो दिनभएकोले होलाहामी एक अर्कोमा खुलेर कुरा गर्न सकेनौ अनी म पनि त्यसै दिनछिट्टै घर फर्कनु पर्ने भएकोले म हतारिएर हो की । तिमीले कफि पिउँदैँ गर्दा लाग्थ्यो । मनमा अनेकौँ कुराहरु उब्जिएका थिए । धेरै कुरा गर्न मन हुँदाहुदै पनि छुटिन बाध्य भएकी म अर्को पल्ट चाँडै भेट्ने बाचाको साथतिमीलाई बिदाइकाहात हल्लाउँदा मन निकै गह्रुङ्गो भएको थियो ।त्यस रात निद्र पनि थोपै परेन ।
प्रेमभन्नु नै दुइआत्माको मिलनहो, त्यही मिलनबाट नै प्रेमको विजाङ्ककुरण भइमायाको टुसा पलाँउछ । प्रेम यौवनकालको उल्लास होइन, साँचो प्रेमले त्याग खोज्छ त्यसैले प्रेम समपर्णको अर्को नामपनिहो । मलाई लाग्छ कि ‘नारीले दिएको प्रेम, करौडौ खर्च गरेर पनिप्राप्त गर्न सकिदैन त्यसैले तिमीले दिएको माया र प्रेमले मलाई संसार जितेको महसुस भएको छ।’ प्रेम मौनताको भाषापनिहो । मनको कुरा आखाँले बोल्छ भावनालाई शब्दमाउनेर बोल्न गाह्रो हुन्छ । जब दुइ मुटु धडकन्छन्, धडकनको गतिले मनका सबै कुरा बयान गरिदिन्छ । यी सुन्दर स्वर्णीम कल्पनाहरुलाई मूर्तरुप दिने आफ्नो चाहनाको आलिङ्गनमाबाँधेर वास्तविक धरातलमाकहिले काहि प्रेमले शब्दको सहारा खोज्छ पग्लिएको श्वास र धडकिएको मनले पनिआफ्नो भावनाव्यक्त गर्न बोलीअथार्त अभिव्यक्ति चाहन्छ । सायद त्यसैले होला प्रेमलाई अभिव्यक्त गर्न म आज प्रेमपत्रको सहारा लिदैछु जुन पुरानो प्रणाली हो तर पनि । मनको कोमलतामा प्रेमको विज रोप्ने, आफ्ना कल्पनालाई मूर्तरुप दिने, आफ्नो चाहनाको आलिङ्गनमाबाँधेर स्वर्णिम संसारमा हराउने आंकाक्षाकसलाई पो नहोला र ? प्रेममा आँखाले होइन हृदयले देख्छ । प्रेमकाअभिव्यक्तिकानले होइनमनले सुन्छ, त्यसैले प्रेमबहिरो हुन्छ भनिन्छ । यद्यपीतिम्रो जवाफनकारात्मकपाएँ भने पनि ममा सहने क्षमता त छैन तरपनितिमीले मलाई साथदिनै पर्छ, माया गर्नै पर्छ भनेर म भन्दिन र यस्तो भन्न मेरो नैतिकताले पनिदिदैन । किनकी मैले तिमीलाई बुझेको छु अनि तिम्रो परिस्थतिसँग परिचित पनि । ‘तिमीले मसँग प्रेम गर्नै पर्छ त भन्दिन तर पनि कृपयामलाई घृणा पनिनगर ल ।’ तिमीले मलाई घृणा गरेपनिमलाई भने मायाझन बढेर जानेछ किनकी प्रेमले घृणाको उपचार गर्दछ र प्रेमले नै मानिसलाई बदल्छ ।
तिमीआफ्नो निर्णय आफै गर्न सक्छौ । म तिमीलाई मलाई छोडेर कतै नजाउ त भन्न सक्दिन । किनभने तिमी अहिले जुन ठाउँमा उभिएर मलाई माया गरिरहेको छौ त्यो अत्यन्तै कठिनाईपूर्ण छ । त्यो नै मेरो लागि धेरै हो । तिमी मेरो आदर्श हौ । साँच्चै भन्दा तिमीले नै मलाई दोस्रो जीवनदिएको हौ यो कुरा तिमीलाई पनि राम्रोसँग थाहा छ ।
तिमीवास्तबमा सच्चा, इमानदार, चरित्रवान, सुशील र सुन्दर केटा हौ । तिमीआफ्नो छातीमा हात राख र भगवानको नाम सम्झेर मलाई भन त अब म के गरौं । तिमी आफ्नो हृदय र आत्मालाई साक्षी राखेर सोध आफुलाई र आत्माले र हृदयअनिमनले जे उत्तर दिन्छ त्यहीउत्तर मलाई देउ । यदितिमीलाई ममाथिशंका र सन्देहको कुनै छाँयासम्म छ भने अस्विकार गरिदेउ । आफ्नो मनको छेउकुना राम्ररी छामछुम पार र मलाई सम्झेर भन मेरो माया तिम्रो हृदयको छेउकुनामा कति छ ? म तिमीलाई बुज्छु, तिम्रो पिडा भनेको नै मेरो पिडा हो । यहि कुराले हरपल यो मन रुन्छ । तिमी जहाँगएपनिजहाँभएपनि म त्यहिहाम्रो मायाको साहारामाबाच्नेछु । केवल तिमी फर्की आउने आश लिएर मेरो पुरा जीवनतिम्रो नाममा समर्पित गर्ने छु । सम्झ त एकछिन तिमी मेरो बन्न सकेनौ भने मेरो मायाकति निसासिन्छ ? मेरो जिन्दगीकति निरास बन्न पुग्छ होला?
म तिम्रो प्रतिक्षामाकुरिरहने छु । यो पत्रदेख्नासाथतिमिलाई अनौठो त पक्कै पनिलाग्ला तर पनि, यसलाई तिमिले अमिट माया सम्झेर हृदयभरी मुटुभरी राख्नपनि सक्छौ र अनि मलाई जीवनभरि साथदिने बाचापनि गर्न सक्छौ या त मेरो मायालाई यतिकै छोड्न पनि सक्छौ । अन्तिममा फैसला त तिम्रो नै हातमा छ । जुनसुकै परिस्थितिमापनि म तिमिलाई माया गर्ने छु इज्जत दिने छु र सधैभरि मेरो हृदयमा सजाएर राख्नेछु । तिम्रो यो जीवनको सहयात्री अञ्जुलीभरी प्रेमको भिक्षा माग्दै अन्तर हृदयदेखि तिमीलाई नै कुरेर जीवनव्यतित गर्नेछु, केवल तिमिलाई नै…. ।
उही तिमीलाई माया गर्ने
आभिक्षा
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
