प्रेम मुटुबाट हुन्छ कि मस्तिष्कबाट ?

प्रेम मुटुबाट हुन्छ कि मस्तिष्कबाट ?

कपन अनलाइन

काठमाण्डौ ,फागुन ८/राजेशमान के.सी.

प्रेम मुटुबाट हुन्छ कि मस्तिष्कबाट? यो प्रश्न हामीमध्ये जो कोहीले गर्यौं भने प्रायः एउटै उत्तर आउंछ प्रेम त मुटुबाट हुन्छ नि त्यो पनि सोध्ने कुरा हो र? हुन पनि प्रेम सम्बन्धी कुरा गर्दा हामी मुटु वा हृदयसँगै जोडेर कुरा गर्ने गर्दछौं । जहांसम्म प्रेमको कुरा छ त्यो पति पत्नीबीच पनि हुन सक्छ । आमा छोरा बीच पनि हुन सक्छ । दाजु भाइ वा दिदी बहिनी बीचपनि हुन सक्छ । प्रेमी प्रेमीका बीचको प्रेमको कुरा पनि हुन सक्छ । त्यस्तै मानिस मानिस बीचको कुरा मात्र नभई मानिस वा पशुपंक्षीबीचकै प्रेम पनि हुन सक्छ । जे होस् जुनसुकै प्रेम प्रसंगको कुरा गर्दा पनि मुटु वा ह्रदयसंगै जोडेर कुरा गर्ने गरिएको हामी पाउंछौं । जस्तो म तिमीलाई ह्रदयदेखी नै माया गर्छु, तिमी मेरो मुटुको टुक्रा हौ, तिमी मेरो मुटुको धड्कन हौ आदि इत्यादि । यी सबै भावानात्मक पक्षका कुरा भए । अब बैज्ञानिक पक्षबाट भन्नु पर्दा प्रेम मुटुबाट हुन्छ कि मस्तिष्कबाट त ? यसबारे जानकारी राखिहाल्नु अघि सर्वप्रथम मुटु र मस्तिष्कको बनावटबारे पनि अलिकति चर्चा गरौं ।

मुटु
मानव शरीरमा छातीको देब्रे भाग पट्टी अवस्थित खोक्रो चारवटा कोष्ठ भएका संकुचनशील एवम् शक्तिशाली मांशपेशीय अंग हो मुटु । जसले रगत तथा अन्य तरल पदार्थहरुलाई रक्तनलिकाहरुद्धारा शरीरको सम्पूर्ण भागमा अक्सिजन तथा जीवनका लागि अत्यावश्यक तत्वहरु परिवहन गर्दछ । सामान्य अवस्थामा एक वयस्क मानव मुटुको ढुकढुकी ७० देखि ७२ पटकसम्म धड्किने गर्दछ । तर शारीरिक परिश्रमको समयमा, ज्यादै हर्ष वा विस्मातको समयमा भने मानव मुटु प्रतिमिनेट २०० पटकसम्म पनि धड्किन सक्छ । वैज्ञानिक हिसावले भन्नु पर्दा मुटु केवल रक्तसंचार, अक्सिजन र शरीरलाई आवश्यक पोषक तत्वहरु शरीरमा प्रवाह गर्ने पानको पात जस्तो देखिने मुट्ठी आकारको मांशपेशीय अंग मात्र हो । शरीरमा मुटु चौवीसै घण्टा खुम्चिने र फुक्ने प्रक्रिया चलिरहेको हुन्छ र मुटुको यही खुम्चिने फुक्ने प्रक्रियाले गर्दा नै हामी छातीमा कान थाप्दा वा स्टेथेस्कोपबाट ढुकढुक ढुकढुक आवाज सुन्ने गर्दछौं । मुटु दिनरात क्रियाशील रहने एउटा विलक्षण क्षमता भएको अंग हो । जुन दिन यसले ढुकढुक गर्न छाड्छ त्यसपछि मानव जीवनको पनि अन्त्य हुन पुग्छ ।

मस्तिष्क
अब कुरा गरौं मस्तिष्कको । मस्तिष्क केन्द्रीय स्नायु प्रणली अर्थात् सेन्ट्रल नर्भ सिस्टमको बृहत एवम् कोमल मस्तिष्क कोष्ठ (कपाल) भित्र अवस्थित सेतो र खैरो रंगको भाग हो । यो अग्र मस्तिष्क, मध्य मस्तिष्क तथा पश्च मस्तष्कि मिलेर बनेको हुन्छ । नवजात शिशुमा यसको तौल ३७० देखी ४०० ग्रामसम्म हुन्छ भने एउटा वयस्क मानिसमा यसको तौल १२८० देखी १३८० ग्रामसम्म हुन्छ । यसले हाम्रो सम्पूर्ण शारीरिक तथा मानसिक क्रियाकलापहरुलाई नियन्त्रण गर्दछ र तिनीहरुबीच समन्वय कायम गर्ने काम पनि गर्दछ । तर मस्तिष्क मुटु जस्तो चौवीसै घण्टा क्रियाशील रहंदैन । यसले गहिरो निद्राको वखत ९मभभउ कभिभउ० को अवस्थामा आराम गर्ने अवसर प्राप्त गर्दछ । झण्डै एक देखी डेढ किलोग्राम सम्म तौल भएको मस्तिष्क उर्जाको अत्यधिक भोको हुन्छ र यसले शरीरको ३० प्रतिशत भन्दा बढी उर्जा प्राप्त गर्दछ ।

अब फेरि कुरा कोट्याउं प्रेम मुटुबाट हुन्छ कि मस्तिष्कबाट । यस सम्बन्धमा वैज्ञानिक अध्ययनबाट हालै पत्ता लागेको एक तथ्यले के देखाएको छ भने प्रेम मुटु वा हृदयबाट नभई मस्तिष्कबाट हुने गर्दछ । अध्ययन अनुसार मानव मस्तिष्कमा भएको प्रमस्तिष्क ९ऋभचभदचगm० हो जुन मस्तिष्कको सबभन्दा ठूलो भाग हो र यो दुइवटा भागमा विभाजित रहेको हुन्छ । यही नै हाम्रो बौद्धिक क्षमताको परिचायक पनि मानिन्छ र यही भागबाट मानवीय भावनाको अनुभूति, समन्वय एबं् नियन्त्रण हुने गर्दछ । खासगरी मस्तिष्कको अग्रभागमा ‘फेरमोन’ नामक हर्मोन तत्व रहेको हुन्छ र यही हर्मोन तत्वको क्रियाशीलताद्धारा प्रेममय भावनाको सिर्जना हुने गर्दछ । जस्तो एकछिनलाई प्रेमी प्रेमीकाकै प्रेम प्रसंगलाई लिएर कुरा गरौं । दुई प्रेमी प्रेमीका बीच प्रेमाकर्षण भएको बेला अथवा भनौं एक अर्काबीच नजर जुधेको बेला जसरी मुटुको ढुकढुकी बढ्ने, शरीर कांप्ने अथवा थरथराउने, गाला रातो हुने, हत्केला चिसो त्यसपछि भोक निद्रै हराउने जस्ता जुन किसिमको लक्षणहरु देखा पर्ने गर्दछन् ती सबै मस्तिष्ककै अग्रभागमा रहेको फेरमोन नामक हर्मोनको रासायनिक क्रियाकलापले हुन गएको हो भन्ने वैज्ञानिक अध्ययनबाट थाहा हुन आएको छ । त्यसैले वैज्ञानिक तथ्यको आधारमा हामी के भन्न सक्छौं भने प्रेम मुटुबाट नभई मस्तिष्कबाट नै हुने गर्दछ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

 

 

तपाइँको प्रतिक्रिया ।