प्रेम : किशन पौडेल (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,फागुन ८।
मोबाइलको घण्टी एकोहोरो बजिरहेको थियो । म रिङटोन अलि सानो पार्दै घरको छततिर उक्लिएँ ।
“हेलो..डियर !” “कति बेर लगाएको फोन उठाउन पनि ।” एक्कासि ऊ बम्किन थाली ।
– “म बाथरुम गएको थिएँ के ।” मैले स्पष्टीकरण दिँदै भनेँ ।
– “दुई रिङमा फोन उठेन भने पनि मलाई त अत्यास पो लाग्छ हो कालु । मैले तिमीलाई धेरै मिस गर्दै छु । आइ लभ यु कालू ।” उसले मायालु पारा देखाई ।
– “सेम टु यु माया ! तिमीलाई केहि दिन नभेट्दा मलाई पनि त साह्रै गा¥हो पो हुन्छ हो ।” मैले सिरियस हुँदै भनेँ ।
“भोलि भ्यालेन्टाइन दिन हो भेटूँ न त कतै !” उसले मिठो प्रस्ताव राखी ।
– “हुन्छ नि माया भेटूँ न है ! कतै रेस्टुरेन्ट तिर बसेर रमाइलो गरौँला नि ।” मैले खुसी हुँदै भनेँ ।
– ल ..ल. एक छिन पछि फेसबुक म्यासेन्जरमा नै कुरा गरौँला है कालु !” मेरो बुढो आइपुग्यो । उसले एक्कासि फोन काटी ।
“होइन ! यो छ्तमा बसेर को सँग कुरा गर्दै छौ ?” बुढीले कान नजिकै आएर सातो खाई ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
