योङ्गहार्ट्स लाई उपाधी

योङ्गहार्ट्स लाई उपाधी

कपन अनलाइन

काठमाण्डौ ,फागुन ४।

नेपाल सोतोकाई कराते संघको आयोजनामा भएको छैटौं बिधालय स्तरीय कराते प्रतियोगिताको उपाधी योङ्ग हार्ट्स स्कुलले जितेको छ।
सृजना ईङ्लिस स्कुल नयाँबस्ति गोकर्णेश्वरमा भएको प्रतियोगितामा ५ स्वर्ण ३ रजत,७ कास्य सहित टिम प्रथम भएको हो भने ४ स्वर्ण २ रजत ५ कास्य जितेको हाई भिजन स्कुल,टिम दोस्रो भयो,४ स्वर्ण १ रजत ६ कास्य जित्दै लर्ड्स लाईट स्कुल टिम तेस्रो भयो।
बिजयी खेलाडीहरु लाई गोकर्णेश्वर नगरपालिकाको उपमेयर सान्नानी लामा,वडा न ६ का वडा अध्यक्ष नबराज लामा आयोजकका प्रमुख बिकास मोक्तान लगायतले मेडल तथा प्रमाणपत्र बितरण गरेका थिए।
प्रतियोगितामा विभिन्न १५ बिधालयका १५० खेलाडीहरुको  सहभागीता रहेको थियो।

तपाइँको प्रतिक्रिया ।
Close