रिलायन्स एजुकेसन नेटवर्कको विज्ञान र साहित्य मेला समापन
कपन अनलाइन
काठमाण्डौ ,फागुन ४।
चावहिल सरस्वतीगनर स्थित रिलायन्स कलेजको प्राङ्गणमा चौथो विज्ञान तथा साहित्य मेला भव्य रुपमा समापन भएको छ ।
फागुन ३ गते कलेजको भव्य समारोह बीच उक्त कार्यक्रम सञ्चालित भएको हो समापन समारोहको अध्यक्षता रिलायन्स एजुकेसन नेटवर्कका कार्यकारी अध्यक्ष रविन्द्रजङ्ग थापाले गरेका थिए भने अमृत साइन्स क्याम्पसका क्याम्पस प्रमुख सह प्राध्यापक लोक बहादुर बराल रहेका थिए ।
प्रमुख अतिथि बरालले रिलायन्स जस्तो उदाहरणीय संस्थाले यस प्रकारको खोज मूलक,विद्यार्थी केन्द्रित कार्यक्रम निरन्तर आयोजना गर्नु अत्यन्तै प्रशंसनीय काम रहेको बताए भने समापन कार्यक्रमको अध्यक्षता गर्नुभएका रिलायन्स एजुकेसन नेटवर्कका कार्यकारी अध्यक्ष रविन्द्रजङ्ग थापाले २०८२ सालमा पनि यसै उत्साहलाई कायम हुने गरी पाँचौ विज्ञान तथा सहित्य मेला आयोजना गर्ने प्रतिवद्घता व्यक्त गरेका थिए।
रिलायन्स एजुकेसन नेटवर्कले यस वर्षबाट साहित्य मेला समेत आयोजना गरेको छ । सु प्रसिद्घ साहित्यकार एवं मदन पुरस्कार विजेता अमर न्यौपाने र लेखक उद्घव प्याकुरेलको उपस्थितिमा लेखकसँग साक्षात्कार कार्यक्रम सम्पन्न भएको थियो । अत्यन्त प्रभावकारी सो कार्यक्रममा रिलायन्स एजुकेसन नेटवर्क आवद्घ विद्यालयका विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
फाल्गुन १,२ र ३ गते आयोजना गरिएको यस विज्ञान तथा साहित्य मेलामा करिब ५२ ओटा बिद्यालयबाट ५००० भन्दा बढी विद्यार्थीहरुको अवलोकनात्म भ्रमण समेत भएको थियो । विज्ञान र सूचना प्रविधि सम्बन्धित ४९ ओटा स्टलहरु राखिएको उक्त कार्यक्रम रिलायन्स साइन्स एण्ड आइ टी क्लब र रिलायन्स साहित्य क्लबको संयुक्त आयोजनामा गरिएको हो ।
विज्ञान संकायका संयोजक यादव पाण्डेको स्वागत मन्तव्यबाट शुरु गरिएको समापन समारोहमा रिलायन्स एजुकेसन नेटवर्कका सञ्चालक तथा सिनियर चार्टड एकाउनटेण्ट राजुकुमार सिवाकोटीले आफ्नो मन्तव्य राख्दै विद्यार्थीलाई सिकाइमा केन्द्रित गर्न यस्ता रचनात्मक कार्यक्रमले थप टेवा पुग्ने बताए ।
सो समापन कार्यक्रम भन्दा अगाडि पाचौं रिलायन्स गायन प्रतियोगिता समेत भव्य रुपमा आयोजना गरिएको थियो । सूचना प्रविधी सँग सम्बन्धित ह्याकाथन प्रतियोगिता समेत आयोजना गरिएको थियो । विज्ञान प्रदर्शनीको कलेज विधा तर्फ ट्रिनिटी कलेज तथा स्कुल विधा तर्फ रिलायन्स पब्लिक स्कूल क्रमश : प्रथम भएका थिए । रिलायन्स साइन्स एण्ड आइ टी क्लबका सचिव आदित्य भूषण कुशवाहा तथा रिलायन्स साहित्य क्लबका उपाध्यक्ष यूनिका गुरुङ्गले क्रमश:सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।