गीत : फुङ्गओमा शेर्पा
कपन अनलाइन
काठमाण्डौ ,फागुन ३।
यो मनले भन्छ,
त्यही दिलमा डेरा जमाउने मन छ ।
आकाशमा जुनलाई हेरेँ लाखाँ तारा देखँे
हजारौँमा उनलाई नै दुनियाँ सारा देखेँ ।
यो मनले भन्छ,
त्यही दिलमा कतै हराउने मन छ ।
तिमी आउने गोरेटोमा फुलै पूmल रोपीदिउँला
काँडाहरु पन्छाएर बाधाहरु छोपीदिउँला ।
यो मनले भन्छ,
त्यही दिलमा मलाई रमाउने मन छ ।
चौतारीको पिपलुलाई शितलु त्यो वरको छायाँ
मलाई पनि उस्तै तिम्रो ढुकढुकीको घरको मायाँ ।
यो मनले भन्छ,
त्यही दिलमा तस्बिर सजाउने मन छ
मैले गाउने गीतहरुहरुमा तिम्रै भाका खोज्दैछु म
सँगीतको मिठो धुनमा आफ्नै सँसार रोज्दैछु म ।
यो मनले भन्छ,
त्यही दिलमा डेरा जमाउने मन छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।