प्रेमामृत : रामकुमार पण्डित
कपन अनलाइन
काठमाण्डौ ,फागुन ३।
तिमी हावालेझैँ सुसाइरहनु प्रेमका गानाहरू
घामलेझैँ ओढाइरहनु न्यानो माया
म
आकाशदेखि धर्तीसम्म निहुरिएर
तिमीलाई
बाँध्नेछु बाहुपासमा प्रेमले
हामी
बगैँचामा अङ्कुराउँदै फक्रिएको फूल हेरौँला
जूनको उज्यालोमा एक थुङ्गा फूल
तिम्रो चुल्ठोमा सिउरिदिउँला
आकाशमा चराहरूसँग चिरविराउँदै रमौँला
हामी
झरनाको कञ्चन पानीझैँ
निसङ्कोच
निडर
निस्फिक्री भएर
सँगसँगै बग्दैबग्दै
सागरलाई चुमौँला ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।