पुष्पलालले एकैपटक विभिन्न खेलका नेसनल प्लेयर ,कोच र अफिसियल भित्रायो

पुष्पलालले एकैपटक विभिन्न खेलका नेसनल प्लेयर ,कोच र अफिसियल भित्रायो

कपन अनलाइन

काठमाण्डौ , माघ ३०।

पुष्पलाल मेमोरियल सेकेन्डरी स्कुलले  एकैपटक राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरका खेलाडी , खेल प्रशिक्षक ( coach) र खेल पदाधिकारीहरूलाई विद्यालयमा भित्र्याएको छ।
भलिबलका नेसनल प्लेयर ( SAFF woman volleyball player) सीता सेन, Under 19 क्रीकेटका पूर्व नेसनल प्लेयर तथ वर्तमान कोच अभिषेक बस्नेत तथा खेल पदाधिकारीहरूअन्तरीक्ष अधिकारी र अरूण तिमिल्सिना विद्यालयमा उपस्थित भइ विद्यार्थीहरूलाई भलिबल , क्रीकेट लगायत विभिन्न खेलका नियमहरूको बारेमा प्रशिक्षित गरेका थिए ।
उक्त अवसरमा विद्यालयका प्रीन्सिपल नारायणबाबू तिम्सिना , भाइस प्रीन्सिपल राजु पुडासैनी , कोअर्डिनेटर नारायण वाग्ले तथा राजेन्द्र नेपालीको समेत उपस्थिति रहेको थियो।
अब निकट भविस्यमा विद्यालयले उक्त खेलहरूसँह सम्बन्धित भएर अन्तरविद्यालय प्रतियोगिता आयोजना गर्दै विद्यार्थीहरूलाई राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरमा एक्स्पोजर दिने वताएको छ।
स्मरण रहोस् अब sports लाई प्राथमिकता दिँदै जाने बताएको यस विद्यालयले यस अघि नै रग्बी  खेल भित्र्याइ सकेको छ भने कक्षा ९ मा अध्ययनरत विद्यार्थी रोहित गुरुङ बागमती प्रदेश स्तरीय रग्बी खेलमा सहभागी भैसकेका छन् ।
तपाइँको प्रतिक्रिया ।
Close