हिमालय बोर्डिङ्ग स्कुल बुढानिलकण्ठ-३ मा दोश्रो श्रीमद्भागवत गीता वाचन प्रतियोगिता सम्पन्न

हिमालय बोर्डिङ्ग स्कुल बुढानिलकण्ठ-३ मा दोश्रो श्रीमद्भागवत गीता वाचन प्रतियोगिता सम्पन्न

कपन अनलाइन

काठमाण्डौ , माघ २९।

हिमालय बोर्डिङ्ग स्कुल बुढानिलकण्ठ नगरपालिका वडा नं ३ को आयोजनामा  दोश्रो श्रीमद्भागवत  गीता वाचन प्रतियोगिता सम्पन्न भएको छ। डा. चिन्तामणि योगीको प्रमुख आतिथ्यतामा भएको सो प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो।

विद्यालयका प्रधानाध्यापक खेमराज घिमिरेको अध्यक्षतामा भएको सो प्रतियोगितामा कक्षा ५ बाट प्रिन्स न्यौपानेले प्रथम हुदै नगद पुरस्कार २ हजार प्राप्त गरे भने कक्षा ६-९ सममको प्रतियोगितामा अभिसान थापा मगरले प्रथम स्थान हासिल गर्दै नगद ५ हजार पुरस्कार हात पारेका छन।

बाल्मिकी क्याम्पसकी सहायक क्याम्पस प्रमुख डा. रमा भट्टराई निर्णायक रहेको प्रतियोगितामा कक्षा ५ तर्फ आस्तिक पौडेल दितीय र विवस घिमिरे तृतीय भएका थिए भने प्रवेस खत्री र मनिषा सुनारले सान्त्वना पुरस्कार पाएका थिए।

विद्यालयका गीता प्रशिक्षक विदुर फुँयालको संयोजनमा भएको सो प्रतियोगितामा कक्षा ६ -९ तर्फ क्षितिजा श्रेष्ठ दितीय र शशांक न्यौपाने तृतीय भएका थिए भने रेबिका उपाध्यायले सान्त्वना पुरस्कार प्राप्त गरेकी छन।

उक्त भागवत बाचन प्रतियोगिताको समापन कार्यक्रममा विद्यालयका निर्देशक डोलराज बस्याल  , भाइस प्रिन्सिपल श्यामकाजी श्रेष्ठ,नगरपालिकाका लेखा समिति संयोजक तथा  लेखा अधिकृत राजकाजी श्रेष्ठ , विद्यालय व्यवस्थापन समिती सदस्यहरु पदम राई ,कोअर्डिनेटर पुस्कर बस्नेत , प्राइमरी  इन्चार्ज   इशारा सिंहको उपस्थिति रहेको थियो।

तपाइँको प्रतिक्रिया ।
Close