प्रधानमन्त्रीले के भन्छन् ? आफैले जन्मायको छोरो मरेजस्तो भएको छ मलाई , राजधानीको याक एण्ड यती होटल @Live

२३ जेठ,काठमाडौ । राजधानीको याक एण्ड यती होटलमा सत्तामा रहेका दलहरुको बृहत अन्तरकृया शुरु भएको छ।

 यो अन्तरक्रियामा   संविधानसभा विघटन र निर्वाचनको घोषणा पछि उत्पन्न परिस्थितिका बारेमा छलफल हुँदैछ.
अन्तक्रिर्यामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री बाबुराम भट्टराई, मधेशी मोर्चाका नेता एंव गृहमन्त्री विजय गच्छदार लगायत मन्त्रीहरुको उपस्थिति रहेको छ । संविधानसभा निर्वाचन बारे वातावरण बनाउन तथा सत्ता पक्ष बिरुद्ध लगाइएको आरोपको भ्रम निवारण गर्न कार्यक्रम आयोजना गरिएको हो । अन्तक्रिर्यामा नागरिक समाज, निजी क्षेत्र, मिडिया लगायतलाई बोलाइएको छ ।
अपडेट जारी छ…
अहिले माओवादी अध्यक्ष प्रचण्डले के बोले……..
गिरिजा प्रसाद कोइरालासंग लामो समयसम्म राजनैतिक सहकार्य गर्ने सहमति भएको थियो
माओवादीले निर्वाचनबाट धेरै सिट ल्याएपु छि बहुमतिय खेल शुरु गरियो,त्यहीबाट खेल बिग्रियो। माओवादीले सहमतियबाटै जाउ भनेर हामीले भनेका थियौ तर कांग्रेस-एमालेले मानेनन्।
हामीले गणतन्त्र र सहमतिय यात्रा छोड्नु पर्ने भयो र हामीले गणतन्त्रलाई ठुलो मान्यौ,यही कुराबाट देशको राजनिति बिग्रिएको थियो।
बहुमतिय खेल शुरु भएकै कारणले अहिले जानेर नजानेर, चाहेर नचाहेर हाम्रो ध्यान शान्ती र संविधान भन्दा सरकारतिर बढि गएको छ।
कांग्रेस र एमालेले  शान्ती प्रक्रिया चाँडो सकक्, दुइचार दिनमै सविधान बन्छ भन्थे तर हामीले यी दुवै कुरा साइमलट्यानियसलि अघि बढाउनु पर्छ भन्यौ
सेना समायोजन जोखिम उठायरै पुरा गर्यौ, नत्र फेरी माओवादीले सेना शान्ती प्रक्रिया नगरेका कारण संविधान बनेन भनिन्थ्यो।
हामीले जहिले पनि लचकता अपनाएका थियौ तर चुडिने स्थिति आएपछि जातिय पहिचानबाट तल जाने स्थिति थिएन, हामीले एकल पहिचान भनेनौ, प्रदेशको संख्यामा पनि हामी लचिलौ भयौ, बहुपहिचानमा पनि हामी सहमत भयौं।
जेठ १४ गते बिहानै दुइ कांग्रसे नता म कहाँ आउनु भएको थियो, उहाँहरुले १० प्रदेशमा सहमति जनाउ तर बहुपहिचानमा जाउँ। मैले हुन्छ भने। एमालेका पनि दुइ जना नेतासंग कुरा कानी गरेपछि मलाई संविधान जारी हुन्छ लागेको थियो। तर दुर्भाग्य साँझ परेपछि कांग्रेस दुई नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला र एमालेका झलनाथ खनाल माधव नेपालले कुरा फेरे। कांग्रेसले साँझ पोजिसन यसरी फेरियो कि सहमति हुन दिएनन्।
जे जे छलफल गरेपनि संविधानसभाको हलमै छलफल गरौ भनेर हामीले भन्यौ,के के कुरा मिलेन भनेर
लाटोले बुझ्न सक्छ संविधानसभा नराखेर, संसदमात्र राख्ने भनेको भोली सरकारलाई हटाउन राखिएको थियो, संविधान बनाउनलाई थियो।
सुशिल कोइरालाले कहिलै काम नगर्ने काम गर्नु भयो, संविधानसभाको म्याद नथप्ने भनेर भन्नु भयो,त्यो पनि यति चाँढे गर्नुभयो ,उता सिटौला आफै गएर विधयक दर्ता गर्नु भएको थियो।
संकटकाल लगाउन पनि छलफल भएको थियो, शेरबहादुर देउवाले संकटकाल लगाउ भन्नु भएको थियो,तर मेले एउटा शर्त राखेको थियो तत्काल आउनुपर्छ।
बाबुरामजीले सवै दोषमै लिन्छु संकटलकाल लगाउ भन्नु भएको थियो तर कांग्रेसका नेताहरुले मानेनेन्।
मैले त अन्त्यमा अर्को प्रस्ताव राखे, हामी संविधानसभामा जाऔ र लगातार तीन दिन वैठक गरौ कुरा टुंगिन्छ। तर कांग्रेस र एमालेलाई यो पनि मान्य भएन्।
केही नेताहरुले कुटाई खान छ र संविधानसभामा जाने भने तर मैले कुटाउँ खाउन त सभासदको हातबाट भने कस्तो देखिँदो रहेछ नेताहरुले कुटाइ खाएको। ्
त्यसपछि हामीले जनतासंग सोध्न जाउँ भनेर भन्यौ।
उपप्रम विजय गच्छदारले के भने
कांग्रेस र एमालेलेका नेताहरुले फिजिकल्लि प्रोटे्स्ट गर्छौ भन्ने, के हो त्यो भनेको।  वैधानिक तरिकाले अघि बढे पिटापिटा हुने कुरा बताइएयो कांग्रेस र एमालेबाट ।
हामीलाई पार्टी फुटाउन खोजेको आरोप लगाइयो। कांग्रेस एमालेले भनेकै किसिमको संघियता हुनु पर्ने उनिहरुले माग राखे।
चुनावमा समेत जान नचाहने कस्ता लोकतान्त्रिक पार्टी कांग्रेस र एमाले?
 प्रधानमन्त्री बाबुराम भट्टराईले के बोले..
प्रचण्डले र उपप्रम गच्छदारले कुरा राखिसकेपछि मेले धेरै कुरा रा्ख्नु छैन्। तैपनि म सरकारको प्रमुखको हिसावले कसरी कुरा विग्रियो बताउन चाहन्छु..
मेरो सपना पहिलै देखिने संविधानसभाबाट संविधान ल्याउने थियो, मलाई संविधानसभा मृत्युले अहिले आफैले जन्माएको सन्तान मरे जस्तो भएको छ।
संविधानसभाबाट सविधान बनाउँदा त्यतै सहजै संविधान बनेको इतिहाँस छैन्, हामीले अत्यन्तै महत्वकांक्षी भयौ र दुइवर्षमै संविधान बनाउने भन्यौ। तर निराश भइहाल्नु पर्दैन्।
हाम्रो संविधान अत्यन्त समावेशी थियो, चारवर्षमा दन्द्ध भयो, संझौता गर्दै गयो किन भने कसैको दुइ तिहाइ थिएन्।
पहिलो उपलब्धि भनेको गणतन्त्र र दोस्रो भने संघिय संरचना हो, गणतन्त्र त सस्थागत गयो तर संघियताका कुरा मिलेन्।,
पहिचानको गंन्ध आऊनै हुन्न भन्ने नेताहरुले संविधान आऊन दिएनन्।
कांग्रेस र एमालेका केही नेताहरुले प्रक्रियामा गए भिडन्त हुन्छ भने धम्की दिए।
प्रक्रियामा जान समेत नदिने पार्टी कसरी लोकतान्त्रिक पार्टी?
संविधान विघटन गरेको दोष मलाई दिन मिल्छ? प्रधानमन्त्रीले संविधानसभाको म्याद थप्ने निर्णय गरेकै हो। संकटकाल लगाएर संविधानसभा बचाउ भनेर मैले म आफे दोष लिन्छु भनेको थिए।त्यो पनि कांग्रेस र एमालेलाई मान्य भएन्।
मसंग चुनाव घोषणा गर्ने बाहेक अर्को विकल्प थिएन। तपाई भएको भए के गर्नु हुन्थ्यो?
संविधानसभाको अन्त्य भएपनि लोकतन्त्र सिध्दिएको छैन्। सहमति को विकल्प छैन्।
तपाइँको प्रतिक्रिया ।