कपनमा बन्यो हेलिकोप्टर

 

कपन, नीलोपुलमा फर्निचर उद्योग सञ्चालन गरेका अनिल गौतमले हेलिकोप्टर बनाएका छन् । बुटवल स्थायी घर भएका गौतमले बनाएको हेलिकोप्टरमा २ सय सीसीको पल्सर मोटरसाइकलको इन्जिन प्रयोग भएको छ । २६ वर्षका अनिलले १८ महिनाको अथक प्रयासमा हेलिकोप्टर बनाउँदा करिब ३० लाख खर्चेको परिवारले जनाएका छन् ।

औपचारिक शिक्षा कक्षा ४ सम्म मात्र रहेका गौतमले भने, ‘फर्निचर पसलबाट बचेको समय यसमा खर्चेको हुँ ।’ उनले अनुमति पाए हेलिकोप्टर उडाउन तयार भएको बताए । पारिवारिक प्रेरणाले उत्साही भएको बताउने गौतम आफूजस्ता नयाँ काम गर्न चाहने युवालाई सरकारले सहयोग गरे सजिलो हुने बताउँछन् । त्रिलोक एयर नाम दिइएको हेलिकोप्टरमा चालकसहित ३ जना बस्न मिल्ने बनाइएको छ ।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।