ज्ञान निकेतन र नेरिक सेमिफाइनलमा

ज्ञान निकेतन र नेरिक सेमिफाइनलमा

कपन अनलाइन

काठमाण्डौ ,माघ १९।

ज्ञान निकेतन र नेरिक एकेडेमी १० औं इनोभेटिभ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
ज्ञान निकेतनले अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) लाई ५५–४० ले पराजित ग¥यो । ज्ञान निकेतनका सवाज मन्सुरले २२ अंक जोडे । नेरिकले केएमसीलाई ५०–३५ ले हरायो । नेरिकका सुशल मगरले १४ अंक  बटुले ।
सिनियर ब्वाइजमै आयोजक इनोभेटिभले काठमाडौं जेभियरलाई २७–१८ तथा मातृभूमिले हिमालीलाई ४१–३० ले पाखा लगाउदै सेमिफाइनलमा स्थान पक्का गरे । इनोभेटिभका रोशन चौधरीले १३ तथा मातृभूमिका नविनतम खड्काले १५ स्कोर गरे । सेमिफाइनलमा मातृभूमिको भेट ज्ञान निकेतनसंग हुनेछ भने इनोभेटिभले नेरिकको सामना गर्ने छ ।
सिनियर गल्र्सको सेमिफाइनल मातृभूमि र रिब्स तथा रोजबड र ज्ञान निकेतनबीच हुनेछ । जुनियर ब्वाइजमा नेरिकले केयर इङलिस तथा ज्ञान निकेतनले एआईए विरुद्ध सेमिफाइनल खेल्ने छन् ।

तपाइँको प्रतिक्रिया ।