टुहुरो : गङ्गा आचार्य सापकोटा (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,माघ १८।
आमाको मृत्युको दिन बाले मेरो आँसु पुछ्दै भन्नुभयो ।
“नरोई छोरी, जन्मनु मर्नु सृष्टिको नियम हो । आमा मात्रै त हो नभएकी, अरू सबै हामी छँदै छौँ । आफूलाई टुहुरी नसम्झी ।”
अनि उता फर्केर बा आफैँले बर्बरी आँसु झार्नु भयो ।
ती आँसुले गालामा थप्पड लगाउँदै बालाई भनिरहेका थिए । “यो मृत्युको असली टुहुरो त तँ होस् ।”
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।