ज्ञान चक्षु इङ्लिस स्कुल बुढानिलकण्ठ -७ को १९ औ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
कपन अनलाइन
काठमाण्डौ ,माघ १८।
बुढानिलकण्ठ नगरपालिका वडा नंबर ७ भेटघाटचोक बाँसबारी नजिक रहेको ज्ञान चक्षु इङ्लिस स्कुलको १९ औ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा भएको ज्ञानचक्षु इङ्लिस स्कुलको १ १९ औ वार्षिकोत्सव तथा अभिभावक दिवसमा स्कुलमा अध्ययनरत विद्यार्थीहरुका हजुरबुवा तथा हजुरआमाहरुलाई विशेष सम्मान गरिएको थियो।
स्कुलमा अध्यापनरत शिक्षक–शिक्षिकाहरु र पत्रकारलाई सम्मान गरिएको सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि मन्त्री पौडेलले विद्यालय शिक्षामा स्वास्थ्य शिक्षामा जोड दिएका थिए।
कार्यक्रमका अध्यक्ष तथा विद्यालयका संस्थापक निर्देशक रमेश श्रेष्ठले ज्ञान चक्षु ईङ्लिस स्कुललाई बोलेर मात्र नभई कामले गुणस्तरीय शिक्षा प्रदान गर्ने बताए । उनले विद्यालयको गुणस्तरलाई उकास्नका लागि शिक्षक, विद्यार्थी, अभिभावक तीनै पाटाको महत्वपूर्ण भुमिका हुने भएकाले त्यो अवस्था यस स्कुलमा भएकाले काठमाडौं उपत्यकाको उत्तरीभेगको उत्कुष्ठ हुन सफल भएका बताए ।
कार्यक्रममा प्रमुख अतिथि तथा अतिथि, कलाकार, पत्रकार, समाजसेवीहरुलाई मायाको चिनो प्रदान गरिनुकासाथै विद्यार्थीहरुले नाचगान तथा खेलकुदका कार्यक्रम गरि आफ्नो प्रतिभा प्रस्तुत गरिएको थियो ।
२०६२ सालमा स्थापित ज्ञान चक्षु स्कुलले गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै विद्यार्थहरुलाई विभिन्न अतिरिक्त क्रियाकलापहरु प्रदान गर्दै आइरहेको छ । २१ औं शताब्दीको समय सापेक्ष र प्रविधि मैत्री, शान्त वतावरण, अनुभवी शिक्षक शिक्षीकाबाट पठन पाठन गरिने भएकाले सबै भविभावकको रोजाईमा परेको छ ।