सत्ताइसाैं सिम्पल सम्मानका प्रतिभा चयन

सत्ताइसाैं सिम्पल सम्मानका  प्रतिभा चयन

कपन अनलाइन

काठमाण्डौ ,माघ १८।

सिम्पल आर्ट्स नामक सामाजिक संस्थाले बर्सेनि साहित्य, सङ्गीत, कला र सामाजिक क्षेत्रका प्रतिभावान् प्रतिभाहरूलाई प्रदान गर्दै आएको सिम्पल सम्मान प्रतिभा छनाेट गरेकाे छ।

उपन्यासकार शङ्कर भारती संयोजक तथा सङ्गीतकार तथा निर्देशक केशव सान्दाइ र साहित्यकार तथा कलाकार विक्रम श्रेष्ठ सागर सदस्य रहेको प्रतिभा चयन समितिले शिक्षासेवी शारदा ढुङ्गेल, कलाकार मदनदास श्रेष्ठ, गायिका लोचन भट्टराई, साहित्यकार तथा पत्रकार छविरमण सिल्वाल, समाजसेवी प्रिन्सिपल ज्ञानेन्द्र भट्टराई र नवकलाकार अन्जली महर्जनलाई सत्ताइसाैं सिम्पल आर्ट्स सम्मानका लागि छनाेट गरेकाे छ।

प्रतिभा चयन समितिले सिफारिस गरेको नामलाई संस्थाका अध्यक्ष गायक पुष्कर जङ्गमको अध्यक्षतामा बसेको कार्य समिति बैठकले पारित गरी सार्वजनिक गरेकाे छ।

आउँदाे फागुन १६ गते सो सम्मान अर्पिने सिम्पल आर्ट्सका संस्थापकमध्येका विमल कोइरालाले बताए। २०५५ सालमा विकेनी (विमल,केशव, निबन्ध) ले स्थापना गरेको सिम्पल सम्मानबाट हालसम्म १३० भन्दा बढी प्रतिभा सम्मानित भएका छन्।

तपाइँको प्रतिक्रिया ।
Close