रिलायन्स एजुकेसन नेटवर्कको पुस्तक समीक्षा स्वर्ण उत्सव कार्यक्रम भव्य रुपमा सम्पन्न
कपन अनलाइन
काठमाण्डौ ,माघ १८।
रिलायन्स एजुकेसन नेटवर्कले एक भव्य समारोह बीच रिलायन्स एजुकेसन नेटवर्क पुस्तक समीक्षा स्वर्ण उत्सव कार्यक्रम सम्पन्न गरेको छ । माघ १६ गते शहिद दिवसको दिन रिलायन्स कलेजको सभा हल चाबहिल सरस्वतीगनरमा उक्त स्वर्ण उत्सव कार्यक्रम आयोजना गरिएको हो । रिलायन्स एजुकेसन नेटवर्क पुस्तक समीक्षा समितिद्वारा आयोजित सो कार्यक्रममा रिलायन्स एजुकेसन नेटवर्कका कार्यकारी अध्यक्ष तथा कलेज प्राचार्य रविन्द्रजङ्ग थापाको अध्यक्षतामा सञ्चालित भएको थियो भने सिकाइ समूह नेपालका अध्यक्ष शुदर्सन घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । Key Note Speaker को रुपमा रिलायन्स एजुकेसन नेटवर्कका सञ्चालक तथा सिनियर चार्टड एकाउन्टेन्ट राजुकुमार सिवकोटी रहेका थिए ।
सो पुस्तक समीक्षा स्वर्ण उत्सव कार्यक्रममा रिलायन्स को एड स्कूलका प्रधानाध्यापक दशरथ ज्ञवाली र प्रि प्राइमरी संयोजक सुमन के सी ले Why Nations Fail ? भन्ने पुस्तकमा क्रमश : समीक्षा र टिप्पणीगरेका थिए ।हालसम्मका पुस्तक समिक्षक र टिप्पणीकर्ता सबै ८० जना शिक्षक÷कर्मचारीलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
प्रमुख अतिथिको रुपमा रहनुभएको शुदर्शन घिमिरेले रिलायन्सको पठन संस्कृतिको अभियान र गतिबिधी नेपालको संस्थागत शिक्षा क्षेत्रकै नमुनाको रुपमा रहेको बताए । स्वर्ण उत्सव कार्यक्रमको अध्यक्षता गरिरहनु्भएका कलेज प्राचार्य रविन्द्रजङ्ग थापाका अनुसार रिलायन्सका शिक्षक कर्मचारीहरुमा पठन संस्कृतिको अभ्यासलाई निरन्रता दिन यस्ता कार्यक्रम कोशेढुङ्गाको रुपमा रहको छ । उनले शिक्षक कर्मचारीमा सर्वपक्षीय ज्ञानको लागि अध्ययन अपरिहार्य रहेको समेत बताए । Key Note Speaker को रुपमा रिलायन्स एजुकेसन नेटवर्कका सञ्चालक तथा सिनियर चार्टड एकाउन्टेन्ट राजुकुमार सिवकोटीले रिलायन्समा रहनुभएको सबै शिक्षक कर्मचारीले अध्ययनको बानी बसाल्नै पर्ने जिकीर गरेका थिए ।
ज्ञात अज्ञात शहिद प्रति श्रद्घा स्वरुप दुइ मिनेटको मौन धारण गरी प्रारम्भ गरिएको उक्त कार्यक्रममा रिलायन्स एजुकेसन नेटवर्कको सञ्चालक तथा संस्कृति विभागको प्रमुख दामोदर निरौलाले २ मिनेटको ध्यान र माघ महिनाकोtheme of the month Patience (धीरता) माथि प्रकाश पारेका थिए ।
औपचारिक स्वागत मन्तव्य पुस्तक समिक्षा समितिका सदस्य सचिव वेदनीधि खनालले गरेका थिए । पुस्तक समिक्षाको फम्र्याटको बारेमा सिनियर फ्याकल्टी गणेश खनियाले विषेश प्रस्तुति राख्नुभएको थियो । उक्त कार्यक्रममा रिलायन्स एजुकेसन नेटवर्कका सञ्चालक तथा कलेज सहायक प्राचार्य नन्दप्रसाद कुशवाहा,संयोजकहरु, शिक्षक कर्मचारीवर्ग,अभिभावकवर्ग,विभिन्न विद्यार्थी क्लबहरुको समेत सक्रिय सहभागिता रहेको थियो ।
रिलायन्स एजुकेसन नेटवर्क पुस्तक समीक्षा समितिका संयोजक गोविन्द ढकालको सशक्त शैलीमा सञ्चालित कार्यक्रम रहेको थियो । कोभिडको दुःखद आगमनसङ्गै जुम अनलाइन मार्फत विगत ५ वर्षदेखि यो कार्यक्रम पाक्षिक रुपमा सञ्चालित हुदै आएको छ । रिलायन्स एजुकेसन नेटवर्क अन्तर्गतका शैक्षिक संस्थाहरुले पालैपालो नियमित सहभागिता जनाउदै आएका छन् । रिलायन्स एजुकेसन नेटवर्क अन्तर्गत सञ्चालित ४ ओटा विद्यालय र २ वटा कलेजका २२१ जना शिक्षक कर्मचारीको सहभागिता रहेको सो स्वर्ण उत्सव भौतिक रुपमा भने पहिलो रहेको थियो भने यो भन्दा अगाडिका सबै कार्यक्रम पाक्षिक रुपमा शनिबार बिहान ८ः०० बजे सञ्चालित हुदै आएको पुस्तक समीक्षा समितिका संयोजक गोविन्द ढकालले बताए ।