कपाल काट्ने फ्रि : मधुसूदनप्रसाद घिमिरे

कपाल काट्ने फ्रि : मधुसूदनप्रसाद घिमिरे

कपन अनलाइन

काठमाण्डौ ,माघ ५।

खाना खाए पछि सुगर घटाउने क्रममा म एक घन्टा पैदल हिड्छु । यहि हिड्ने क्रममा नयाँ बानेश्वर शान्तिनगर गेट्मा यौटा सुचना देखेँ । ‘यहा सित्तैमा कपाल काटिन्छ ।’ मेरा मनले पत्याएन । यो स्वार्थि जमानामा मलाइ कतै घाउ लाग्यो भने पिसाव फेरि देउ भन्यो भने पनि मानिसले पैसा माग्छ । बिना पैसा मान्छेले मान्छे देख्दैन ।
मैले सोध खोज गरँे । एक तला माथि ‘जबष्च बलम दभबगतथ बअबमबmथ’ यो अफिस रहेछ । ठूलो कोठामा एकापट्टि राउन्ड टेविलमा तालिम लिने केटी बिद्यार्थिहरू
पन्ध्र जना जति छन्र । अर्काे पट्टि कपाल काट्न आउने ग्राहकहरू बस्ने आराम दायि मेचहरू छन्र । अलि ओर तिनिहरूको अफिस छ ।
त्यो तालिम संचालक रहेछन् ‘सागर शर्मा र सारा क्षेत्री ।’ मिठो बोलि भरखरका युवा पिढिका ति केटा केटीले कपाल सम्बन्धि र कपालमा लगाउने रङ् सम्बन्धि तालिम दिदा रहेछन् ।
म गए पछि कपाल काटने नानी आइन । मेरो कपाल दाह्रि काटि दिइन । तिनको नाम रहेछ ‘शारदा भण्डारी’ उनको घर कैलालि रे । उनी अधबैसे उमेर कि देखिन्थिन् उनले यहाँ कपाल काट्ने तालिम पास भए पछि उनका श्रीमान् विदेशमा छन्, उनी पनि त्यतै जाने भनि मेरा प्रश्नको उत्तरमा मनसाय व्यक्त गरिन् ।
कपाल काटने काम हुदा हुदै अर्काे तर्फ पढाइ रहने काम भइ रहेको छ । मेरा कपाल काटी सकिए पछि सागर भाइले भने “बा .. चिया पिएर मात्र जानोस् ।” उनिहरूको सौहार्दताको अगाडि म नतमस्तक भएँ । नाइ भन्ने मेरो हिम्मत आए न । एक छाक भान्सामा चुलो बाल्न मुस्किल परिरहेको यो महङ्गिमा सित्तैमा मिठो वचन बोलेर कपाल काटि दिने अनि त्यो मान्छेलाई चिया नखाइ नजानु भन्दा मैले ठाने – “म अहिले कहाँ छु कुन युगमा छु ?”
मैले सोधे– “तपाइहरूको फि चाहि कति हो ?” उनिहरूले जवाफ दिए – लेडीजको कपाल रङ्गर्दा डाइ गर्दा लाग्ने शुल्क भिन्दा भिन्दै हुन्छ । तालिम लिन आउने सँग हामीले नोमिनल शुल्क लिन्छौ । तपाइहरूलाइ कपाल फ्रि मा काटि दिन्छौ ।
अब विदेश जान चाहनेहरू केटा केटीहरूले निश्चित काम सिकेर मात्र विदेश गए काम पाउन सक्लान् । त्यहि उद्देश्यले यहा सिक्न आउछन् । हामी सिकाइमा पर्फेक्ट बनाएर प्रमाण पत्र दिन्छौँ । मेरा सत्तरी बसन्तका अनुभवमा मिठा वातचितका साथ आनन्द दायि मेचमा बसेर सित्तै कपाल काटेको पहिलो अनुभव म अब अरुहरूलाई पनि शेयर गरौला है नानी ! भन्दै चियाको मिठो स्वादमा बिदा भएँ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।
Close