बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालको अध्यक्षमा  बिसु कुमार केसी

बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालको अध्यक्षमा  बिसु कुमार केसी

कपन अनलाइन

काठमाण्डौ ,पुस २०।

बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालको अध्यक्षमा बिसु कुमार केसी चयन भएको छन । शुक्रबार काठमाडौंमा आयोजित समाजको १२ औं वार्षिक साधारणसभाले केसीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
नयाँ निर्वाचनबाट उपाध्यक्षमा अम्बर बहादुर थापा, महासचिवमा लक्ष्मण रिमाल, सचिवमा सरोज खनाल र कोषाध्यक्षमा शिव थापा निर्वाचित भएका हुन् । यसबाहेक मधुसूदन पौडेल(निवर्तमान अध्यक्ष), डा.प्रतिभा पाण्डे, चुडामणि देवकोटा, लक्ष्मी सापकोटा र सज्जनवर सिंह थापा सदस्यमा निर्वाचित भएका छन् । सदस्यमै मुकुन्द ढुंगाना सर्वसम्मत निर्वाचित भएका छन् ।
वार्षिक साधारणसभापश्चात् उद्योग विभाग र बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालको  सहकार्यमा ‘बौद्धिक सम्पत्तिसम्बन्धी’ विचार गोष्ठी सम्पन्न भएको थियो । गोष्ठीमा अर्थविज्ञ डा. पोषराज पाण्डेले ‘बौद्धिक सम्पत्तिको आर्थिक विकासमा भूमिका’ विषयमा सम्भाषण दिएका थिए ।
कार्यक्रममा पूर्वमन्त्री शंकरप्रसाद कोइराला, पूर्वसचिवहरू भानुप्रसाद आचार्य, भरत बहादुर थापा, कृष्ण ज्ञवाली, उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवालीले बौद्धिक सम्पत्तिसम्बन्धी मन्तव्य दिएका थिए  ।
तपाइँको प्रतिक्रिया ।