दुई मुक्तक : गंगा लिगल
कपन अनलाइन
काठमाण्डौ ,पुस २०।
आलस्यले दर दर ठक्कर खान्छ ऊ
ठाउँ ठाउँमा घुम्दै चक्कर खान्छ ऊ
भोको पेटले शरीर गल्छ उसको
केही नपाई फाल्तु सख्खर खान्छ ऊ ।
हिम्साको अर्थ होइन काटमार केवल
मान्छेको मन मार्नु नै हिम्साको ठूलो ज्वावल
बाणीले मनलाई चुम्छ यहि हिम्सा पाप हो
अनि उदार हृदयले कर्म गर्नु नै केवल ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।