दुई मुक्तक : भारद्वाज मित्र
कपन अनलाइन
काठमाण्डौ ,पुस २०।
फागुन यो वसन्तको सुकुमारी यामजस्तो
गोधुलीको रातो घाम मुस्काएको ठामजस्तो
नफक्रँदै झरिजाने कोपिलाको कथा भयो
अन्तर्मन वास बस्ने कल्पनाको धामजस्तो ।
ग्रहहरु सुल्टै चल्छन् उल्टो किन तिमी घुम्छौ
नारा छाडी वर्ग अन्त्य जात भात किन तुन्छौ
बाचा तिम्रा साँचा भए समताको रीत ल्याउने
उल्टो मति बोकी तिमी लक्ष भन कैले छुन्छौ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।