मौसम : सुशील आचार्य ( बाल कविता)

मौसम : सुशील आचार्य ( बाल कविता)

कपन अनलाइन

काठमाण्डौ ,पुस २०।

मंसिर पौषको याम
कत्ति जाडो बढेको
तापक्रम घट्दैछ
पत्रिकामा पढेको
चिसो चिसो मौसम
जिउ कत्ति कामेको
पानी पनि चिसो छ
मैले यसो छामेको
के पो गर्ने होला नी
अब जाडो भरिलाई
एक उपाय भन न
तातो राखौँ शरीरलाई
आउ साथी आउन
आगो तापौँ बसेर
कि त घाममा बसौँ
तेल पनि घसेर
जे जे गरौँ जसरी
के गर्ने हो कसरी
न्यानो लुगा लगाऔँ
ल है जाडो भगाऔँ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।