हजम यो कुरा भएन कि ? त्रिलोचन आचार्य (कविता )

हजम यो कुरा भएन कि ?  त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन

काठमाण्डौ ,पुस २०।

१. सकल रात नै बिलाउँदा
सफलता मिली धरा छुँदा
प्रगतिले चुली चुमाउँछ
हृदय दङ्गभै रमाउँछ ।
२. मलमको कुरा नआउँथ्यो
कलमको मसी सुसाउँथ्यो
सकल भ्रान्ति त्यो हराउँथ्यो
तब हवा नि सर्सराउँथ्यो ।
३. नियम कुल्चिने हुँदैनथ्यो
र गरिबी चुली छुँदैनथ्यो
सकसले कस्यो भनी भनी
न लय कतै बिझाउनी ।
४. उदर रिक्त भै सधैँ रुँने
विरहका व्यथा सुनाउने
अवसरै कतै हुँदैनथ्यो
विपतले कठै छुँदैनथ्यो ।
५. मनपरी गरेर उफ्रने
धन चरी सकेर डुक्रने
विकृति भो विना लगामले
सुजनका कुरा सबै ढले ।
६. असलकै कुरा निका थिए
फसल दुःखका मिठा थिए
समय त्यो यहाँ रहेन कि ?
   हजम यो कुरा भएन कि ?
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।