इजरायली प्रधानमन्त्री नेतन्याहु पत्रकार हित विपरित
जेरुसेलम (इजरायली), २० भदौ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सार्वजनिक प्राधीकरणमा काम गर्ने पत्रकारलाई प्रसारणका क्रममा आफ्नो धारणामा प्रतिबन्ध लगाउने एउटा भर्खरै पारित भएको कानुनलाई खारेज गर्ने घोषणा गर्नुभएको छ ।
बेन्जामिन नेतन्याहु
तर, प्रधानमन्त्रीको कार्यालयले भने सो विवादास्पद कानुन कहिले खारेज हुन्छ भन्ने कुरा उल्लेख गरेको छैन ।
सरकारले उक्त कानुन बिहीबार पारित भएको थियो । यहाँका सञ्चारमाध्यमले सरकारको यो निर्णयलाई सरकारविरोधी शक्तिलाई नियन्त्रण गर्ने प्रयासस्वरुप ल्याइएको भन्दै कडा विरोध जनाएका थिए ।
इजरायलको प्रेस काउन्सिलले यहाँको संसदलाई उक्त कानुन प्रेस स्वतन्त्रताको विरुद्ध भएको भन्दै खारेजीका लागि सशक्त आवाज उठाउँदै आएको थियो ।
तपाइँको प्रतिक्रिया ।