बाल सुसेली : सुरेशचन्द्र घिमिरे
कपन अनलाइन
काठमाडौं, पुस ६।
१) हुन्छ र कुन
पाठशाला पहिलो
बुवा आमा हुन्
२) सानो वयमा
दोश्रो बन्छौ शिक्षार्थी
बिद्यालयमा
३) बाल सपना
पुस्तक र कलम
तिम्रा गहना
४) तन थाक्दैन
स्वच्छ पानी पिएमा
रोग लाग्दैन
५) खाजा नि लानु
पाठशाला तिमीले
दैनिक जानु
६) आफ्नो पनमा
गुरुको अर्ती बुद्धि
राख मनमा
७) शिक्षा भर्दछ
गृहकार्य बेलैमा
सक्नु पर्दछ
८) पर्छौ रनमा
मुखमुखी नलाग्नु
मान्य जनमा
९) सदा चाहिन्छ
ठुलाको आदरले
माया पाइन्छ
१०) बेलैमा आउ
आमालाई घरमा
काम सघाउ
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।