गुरु : गणेशकुमार मिश्र (कविता )
कपन अनलाइन
काठमाडौं, पुस ६।
गुरु ब्रह्मा गुरु बिष्णु गुरुर्देबो महेश्वर
धर्तीमा चेतना छर्ने गुरु हुन परमेश्वर
गुरु दाता गुरु त्यागी गुरु हुन् ज्ञान सागर
गुरुको प्रेरणा लिन चाहिन्छ भाव –जाँगर ।
माता पिता अनि गुरु जीवनका ठुला ईश्वर
धर्तीमा सृजना छर्ने गुरु हुन परमेश्वर ।।
गुरुको साथमा मिल्छ प्रेम, शान्ति, समानता
गुरुको हातमा मिल्छ सिप, कला र विद्द्ता
आदर्शका दिव्य ज्योति संस्कारमा पनि भर
धर्तीमा एकता छर्ने गुरु हुन् परमेश्वर ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।