चार मुक्तक : अञ्जु सापकोटा ‘अनु’
कपन अनलाइन
काठमाडौं, पुस ६।
ए परदेसी तिम्रो मायामा भुलेको याद आउँछ
त्यो बर्षे झरिमा सङैसंगै रुझेको याद आउँछ
जे भने पनि भन आखिर मेरो पनि त मन न हो
बेलाबेला तिमीले यी अधर चुमेको याद आउँछ ।
हातमा परेको चिज गुमाउने कति छन् कति
तिम्रो मेरो दुःखमा मुस्कुराउने कति छन् कति
हाम्रो दुस्मन कोहि छैनन् भन्छौ नि, भन्न त तर
हामी दुईको सम्बन्ध फटाउने कति छन् कती ।
सबै त होइन केही हाम्रो बानी उस्तै उस्तै हो
एकफेर आउँछ सबैको जवानी उस्तै उस्तै हो ।
सधैँ भन्ने गर्छु म हरेस होइन सङ्घर्ष गर्न सिक
तिम्रो मेरो बिगतको कहानी उस्तै उस्तै हो ।
गर्छौ हतार म गर्छु अनुमान फरक यत्ती हो
गर्दैमा हतार मिल्दैन पहिचान फरक यत्ती हो ।
पल पल तड्पी बर्षात झैँ बर्सदा पनि अश्रु
मेरो आशुमा दिन्छौ मुस्कान फरक यत्ती हो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।