गीत : प्रीति कौर
कपन अनलाइन
काठमाडौं, पुस ६।
तिम्रो हृदय मेरो लागि वास भयो
तिमी नै मेरो मिठो आस भयो
तिम्रो हृदय मेरो लागि वास भयो ।
कयौँ सपना सजाउला सँगसँगै रमाउला
यसरी नै सधँै सधँै एकअर्कामै हराउँला
तिम्रो आगमनले जीवन पुर्णेको रात भयो
तिम्रो हृदय मेरो लागि वास भयो ।
यात्रामा कैयौँ उकाली ओराली भेटौला
गुलाफको आसमा काडा पनि टेकौला
भरोसा एउटै केवल तिम्रो साथ भयो
तिम्रो हृदय मेरो लागि वास भयो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।