चार मुक्तक : नवशिला
कपन अनलाइन
काठमाण्डौ ,मंसिर २९।
अबर पर्दा तलुवा चाट्ने आफन्त नै हुन्छन्
पराई भन्दा कुरा काट्ने आफन्त नै हुन्छन्
बाहिरी मुखले ठिक्क पार्ने भित्र छुरा धस्ने,
झुठो बोल्ने छल्ने ढाट्ने आफन्तनै हुन्छन् ।।१।।
तिम्रो मिठासपूर्ण बोली सधैँभरि सुन्न पाउँ
तिम्रो आवाज कानभित्र यसैगरि थुन्न पाउँ
भाव लय मिलाई यहाँ कसले बोल्छ भन्दा,
जहाँ पनि प्रिय मान्छे तिम्रै नाम सुन्न पाउँ ।।२।।
माया लाउँछु भन्थि मलाई ढाँटि बैमानीले
दुश्मनसँग प्रेमको डोरी बाटि बैमानीले
बिर्सिएर बाचा कसम देवीथानको भाकल,
लगन गाँठो कसी डाँडै काटि बैमानीले ।।३।।
गरि साध्य छैन गर्नु खै कसकसको कुरा
अप्राकृतिक गठबन्धन र खसखसको कुरा
जसको मन कालो हुन्छ उसले कालै देख्छ,
भाग्य नै हो सुन्न पाउँनु जस अपजसको कुरा ।।४।।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।