चार मुक्तक : रञ्जु खनाल
मुक्तक १
न आँधी हुरी न बतास चक्रपात चल्दो रहेछ
विश्वासको पर्खाल भत्केर नराम्ररी ढल्दो रहेछ
अरूको पीडाको के अन्दाज अथाह पीडा दिनेलाई
मन पोल्दाखेरी हिउँको ढिक्का पनि जल्दो रहेछ ।
मुक्तक २
क्षमताले नि नभ्याउँनेले कुरा किन गर्न खोज्नु ?
खुकुरी समाउन नसक्ने काथरले किन मर्न खोज्नु?
आफ्नो गल्ती कमजोरीअरूसामु ल्याउन नसक्नेले
बोल्न नसक्नेले भाषण गर्न अघि किन सर्न खोज्नु ।
मुक्तक ३
मेरी दिदीले पनि एक अर्कामा कथा व्यथा साटेकी छिन्
तिनीले पनि अरूहरूजस्तै पीडाका कहरहरू काटेकी छन्
मलाई नैतिकताको पाठ सधैँ सधैँ सिकाउने दिदीले पनि
अरूको अगाडि खुवै दुरुस्त बनेर मलाई पनि ढाँटेकी छिन् ।
मुक्तक ४
बाध्यताले भए पनि प्रारब्ध सगैँ नाचेकी छु
नाच्दा नाच्दै कति पल्ट कम्मर भाँचेकी छु
थाक्ने छैन जीवनमा जस्तो काम गर्दा पनि
रूँदा रूँदै हिक्का छुट्दा ऐना हेरी हाँसेकी छु ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक