गजल : लीलाराज दाहाल
कपन अनलाइन
काठमाण्डौ .मंसिर २३ ।
सुराकी या चेला बुझ्नै सकिएन
झिम्क्याउँदा परेला बुझ्नै सकिएन !
झिम्क्याउँदा परेला बुझ्नै सकिएन !
चारैतिर हल्ला के को हो के को हो ?
रातको छ बेला बुझ्नै सकिएन !
बसी बसी खान्छ अनि उस्कै हातमा
कसरी भो ठेला बुझ्नै सकिएन !
घोडा जति देख्छु बाहिरै बाँधेको
खाली छ तबेला बुझ्नै सकिएन !
एक्ली अवलाको चीर हरण हुँदा
चुपचाप छ मेला बुझ्नै सकिएन !
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।