दाजु भाइ : युविप कुवँर (संस्मरण)

दाजु भाइ : युविप कुवँर (संस्मरण)

कपन अनलाइन

काठमाण्डौ ,मङ्सिर १६ ।

आहा ! सुन्दै पवित्र शब्द दाजु भाइ । मलाई याद रहेको दिन म सानो हुँदा मेरो दाइ सानो टिफिनको बट्टामा मेरी आमाले भुटेको चना उसिनेको एक पिस अण्डा अनि उहीँ नर्सरी कक्षामा चाहिने पाठ्य पुस्तका बोकेर पुन्टुङ पुन्टुङ स्कुल जाँदा बाइ बाइ गर्दै हलाइरहेका हात ‘छिटो ठुलो हौन न बाबू हामीसँगै पढ्न जानु पर्छ’ भनेको शब्द सारै याद्गार लाग्छ । दिनभरी खेल्ने, चल्ने, खाने, रमाउने बेलामा पनि मेरो दाजुले मेरो लागि स्कुलबाट फर्काएर लिएर आउनु भएको आदि अण्डा अनि चिसो चना मेरो लागि मेरी आमाको दूध भन्दा कम थिएन । मलाई यो दिन याद छैन मेरो दाजुले मेरो लागि ठुलो आवाजले ‘भाइ’ भनेको ।

भाइ शब्द कहाँ छुट्यो छुट्यो दाइले मलाई ‘बाबू’ भन्नूहुन्थ्यो । स्कुलमा म चक्चक गर्दा नजिक उभिएर बोले जस्तै हेर्नु हुन्थ्यो अनि मलाई दाइलाई देखेपछि साच्चिकै बाकै नजिक छु जस्तो आत्मबल बढ्न थाल्थ्यो । दाजुबाट यो कुरा सिके ‘सधँै सानोलाई माया र ठुलोलाई आदर गर्नु सबै कुरा आफैंले सामना गर्नु पर्छ बाबू अरुको भरमा आफ्नो भविष्यको छडि कैलै न छोडनु ।’ आजसम्म तिमीबाट तँ नभएको हाम्रो सम्बन्ध कैलै पनि नतोडनु धेरै माया मेरो दाजु !

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।