सङ्कट : अम्बिका धिताल (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर ९ ।
फोनको घण्टी बज्यो, अन्जनाले “हजुर” भनिन् ।
बुढाले भने, “बैङ्कको किस्ता ति¥यौ ?”
अन्जनाले भनिन्, “तिरेँ । अब १२ किस्ता बाँकी छ रे।”
बुढाले भने,” अब अर्को महिना नभई तलब आउँदैन । दशैं आइपुग्यो । बाबुनानीले नयाँ नाना , चिची भन्लान् यसो कतै ऋण गरेर खुसी बनाऊ है ?”
अन्जनाले भनिन्, “तपाईँले चिन्ता नै नगर्नू । दुई ओटा खसी दशैंलाई बेच्न ठिक्क हुन्छ, भैँसीको पनि दिन पुग्न आँट्यो । चाडपर्व, नानीबाबु,पाउनापाथा सबै बन्दोबस्त गरौँला । बरु तपाईँ पनि घरै आउनुस् । सबैजनासँगै बसेर दशैं मनाऔँ ।”
“अब म घरको किस्ता नतिरी आउँदिन । यो ऋण तिरेपछिको संसारै छुट्टै हुन्छ । पक्की घर हो । चारपाँच पुस्ताको लागि आनन्द भयो ।” बुढाले खुसी व्यक्त गरे ।
लामो सास फेर्दै अन्जनाले भनिन्, “हुन त हो तर घरघर भनेर नै जीवन बित्ने भयो । कहिले आउँला खै मुक्तिको दिन पनि ।”
“म अहिले काममा नै छु । तीन दिनदेखि नेपालमा अविरल पानी परेकाले धेरै ठाउँ डुबानमा परेको देखे सुनेँको छु । ख्याल गर है?” भन्दै बुढाले फोन राखे ।
त्यति किस्ता तिर्न अब कति महिना लाग्छ । औँला भाँच्दै अन्जना निद्रा देवीको काखमा पुगिन् ।
बिहानको चार बजे गाउँलेको खैलाबैला सुनेर अन्जनाले झ्याल मात्र खोलेकी के थिइन् । “ए अन्जना के सुतिरहेकी ? छोराछोरी लिएर निस्किहाल् । पहिरो आउन लाग्यो ।” भन्दै पल्लाघरे काकी कराइन् ।
अन्जनाले हत्तनपत्त छोरीलाई पिठ्युमा बोकिन् र छोरोलाई हातमा ड¥ेयाउँदै घरबाहिर गाउँले भागाभाग गरेको ठाउँतिर दौडिन थालिन् । त्यसको पाँचै मिनेटमा अन्जनाको घरगोठ सहित आठ घर एकै सासमा बग्यो । खसी र भैँसीसहित अन्जनाको सयौँ सपना बगायो ।
दश वर्षदेखि यही घर बनाउन परदेश गएका बुढाको दुःख आखाँ अगाडि नाच्न थाल्यो । छोरीले हठात् सोधिन्, “आमा दशैँको नाना किन्न जानलाई दौडिएको हो ?”

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।