दुई मुक्तक : गंगा लिगल
कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर ९ ।
आई देउ तिमीनै गीत बनेर
स्वर्णिम सपनाको प्रीत बनेर
पबित्र धर्तीमा पदार्पण गर्ने
महान लक्ष्य रुपी जीत बनेर ।
मीठो सपना बिपना बनाउने
फटिक मोती तुल्य शीत बनेर
उल्लासमय जीवन गति भै
प्रतीक्षासँगै आउ हित बनेर ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।